www.youtube.com/obsstudionepal

test

Monday, March 5, 2018

धरहराको जमिन मिचेर व्यवसायिक भवन बनाउन लागिएको भन्दै बिरोध |

भूकम्पले अस्तित्व नै नामेट बनाएको धरहरा बन्ने अत्तोपत्तो नभएपनि धरहरा अघि व्यवसायिक भवन बन्दै, गुठीको जग्गामा भवन बनाउन नदिन आग्रह
काठमाडौं । भूकम्पले ऐतिहासिक धरोहर धरहराको अस्तित्व नामेट बनायो । भूकम्पपछि फेरी धराहरा बनाउँने योजना बन्यो । तर, धराहरा कहिले बन्ने हो थाहा छैन । धरहरा बन्ने निश्चित त छैन बरु धरहरा अगाडिको जमिनमा व्यवसायीक भवन भने बन्न लागेको छ । तर, त्यो पनि कुनै गुठिको जमिनमा ।
भूकम्पमा धरहरा ढलेको तीन वर्ष बित्नै लाग्यो । यो बीचमा धरहरा बनाउने अनेक हल्ला सुनिए । तर, धरहरा कहिले बन्ने अझै थाहा छैन । बरु, धरहरा अगाडि रहेको खाली जग्गामा तीनतले व्यापारिक भवन बनाउन थालिएकोछ । स्थानीयले भने गुठिको जमिनमा व्यापारिक भवन बन्न लागेको भन्दै बिरोध गरेका छन् ।
गुठिको जमिनमा व्यापारीक भवन बनाउन नहुनेमा जनप्रतिनिधिको पनि मत रहेको छ । काठमाडौ महानगरका उपमेयर हरीप्रभा खड्गीले देशको गहना मानिएको राष्ट्रिय सम्पदा धरहराको जग्गा मिचेर घर बनाउने कार्य बन्द गर्नुपर्ने बताए ।
भिममुक्तेश्वर गुठी संस्थानले मासिक रुपमा २ लाख ७० हजार भाडा लिने गरी खाली जग्गामा व्यवसायिक भवन निर्माण गर्न दिएको स्थानियले लगाएका छन् । गुठी संस्थान ब्यापारिक कम्पनी नभई सेवामुखि संस्था भएकोले पैसाको लोभमा परेर खाली जग्गामा भवन निर्माण गर्न दिनु गलत भएको वडा नं २२ का वडा अध्यक्ष चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
ऐतिहासिक धरहरा क्षेत्रमा पुरातत्व विभाग, सडक, वडा कार्यालय र महानगरपालिकालाई समेत समन्वय नगरी व्यापारिक भवन बनाउन लागिएको स्थानीयले आरोप लगाएका छन् । टेण्डरको प्रक्रिया नपु¥याई चोरबाटोबाट नक्सा पास गरी भवन निर्माण स्विकृत गर्ने निकायलाई कार्बाही गर्नुपर्ने राष्ट्रिय सम्पदा बचाऔं अभियान, स्थानीय संघर्ष समितिका अध्यक्ष रामेश्वर शिवाले माग गरे ।
स्थानीयवासी र जनप्रतिनिधीहरुले कुनैपनि हालतमा राष्ट्रिय सम्पदाको जग्गा मिचेर भवन निर्माण गर्न नदिने भन्दै जवरजस्ती गर्न खोजे चुप लागेर नबस्ने चेतावनी दिएका छन् । गुठीले भवन निर्माणका लागि जग्गा वरपरका स्थानीयलाई सामान्य टहरा निर्माण गर्न लागेको भन्दै रातारात भवन निर्माणको कार्य अघि बढाइरहेको छ ।

Instagram unveils Reels, a TikTok clone

  Yes, Instagram unveiled a new feature called Reels in August 2020, which allows users to create short, 15-second videos set to music, simi...

Post Top Ad

Your Ad Spot