www.youtube.com/obsstudionepal

test

Monday, March 5, 2018

कस्तो छ काठमाडौंको सुरक्षा रणनीति ?




काठमाडौँ रातको एक बजेको थियो । गएको हप्ता काठमाडौं प्रहरीको सञ्चार सेटमा यस्तो आवाज गुञ्जियो, ‘मैले गर्वका साथ भनेको छु, मेरो पुलिसले गल्ती गर्दैन, जनताको सेवा गरेबापत एक टुक्रा सुपारी पनि खाँदैन । यदि त्यो जुनसुकै दर्जाको किन नहोस्, एक टुक्रा सुपारी खाएको थाहा पाएँ भने तत्काल बर्दी उत्रिन्छ, याद गरेस् पुलिस |

यसरी मध्यरातमा सुपारी नखान चेतावनी दिने प्रहरी अफिसर थिए, भर्खरै महानगरीय प्रहरी परिसर काठमाडौंको कमान्ड सम्हाल्न पुगेका एसएसपी विश्वराज पोखरेल । केही दिनअघि मात्रै महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट काठमाडौं प्रहरी प्रमुखका रूपमा सरुवा भएका पोखरेल घरमा बसेर सञ्चार सेटमा आदेश मात्रै दिँदैनन् । मध्यराति आफैं फिल्डमा पुग्छन्, अनि वृत्त र प्रभागहरूबाट ड्युटीमा खटिएका प्रहरी कर्मचारीको छड्के जाँच गर्छन् ।

नियमितभन्दा फरक प्रक्रियाबाट काठमाडौँ प्रहरीको बागडोर सम्हाल्ने अवसर पाएका एसएसपी पोखरेलले फरक–फरक चरित्र भएका प्रहरीलाई कामको स्पिरिटमा हिँडाउने कुरा चाहिँ चुनौतीपूर्ण ठानेका छन् । भन्छन्, ‘अपराध नियन्त्रण गर्ने कुरा प्रहरीको लागि त्यति ठूलो चुनौती हैन, तर सबै प्रहरीलाई गरौँ भन्ने भावनाको विकास गर्दै आफ्नो टिम स्पिरिटमा हिँडाउने कुरा चाहिँ चुनौतीपूर्ण छ ।

माघ २९ गते काठमाडौं प्रहरीको कमान्ड सम्हाल्नासाथ सोह्रखुट्टेमा आयोजित सार्वजनिक सुनुवाइमा प्रहरीले सुपारीको टुक्रा खान खोजेमा आफूलाई सीधै सम्पर्क गर्न उनले सार्वजनिक आह्वान गरेका थिए । त्यही आह्वानको परिणाम गत साता उनलाई नाङ्लेभारेमा कार्यरत एक प्रहरी अधिकृतले सुपारी (पैसा) मागेको सूचना आयो ।

बुधबार उनको कार्यकक्षमा पुग्दा तिनै अधिकृतलाई फोनमा भन्दै थिए, ‘मलाई पब्लिकले फोन गरेर भनेका छन्, जानाजान कमजोरी गरेको फेला पारेँ भने हत्कडी लगाएर आईजीपी साप कहाँ लान्छु, भोलि तिमीले मुद्दा जितौला छुट्टै कुरा हो, तर तत्काल निलम्बन गर्छु ।

कडा मिजासका एसएसपी पोखरेलका सामु राजधानीमा मौलाएको आर्थिक अपराध, गुण्डागर्दी तथा साना हतियारको बिगबिगी नियन्त्रण गर्ने चुनौती छ । पोखरेल राजधानीमा ठगी बढेको स्विकार्छन्, तर बैङ्किङ कसुरलाई त्यति ठूलो चुनौती मान्दैनन् । उनी भन्छन्, ‘बैङकिङ कसुरसम्बन्धी अपराध ठूलो चुनौतीको विषय हैन, किनकि चेक बाउन्स आफैंमा प्रमाण हो, त्यसबाट न्याय दिन सहज हुन्छ ।

पछिल्लो दुई महिनायता बर्दीमा मौलाएको अपराधका कारण काठमाडौं प्रहरी बद्नाम हुँदै थियो । बर्दीमा जुवा खालमा पुगको प्रहरी लाखौं लुटेर भाग्नेदेखि अवैध सुन विमानस्थलबाट प्रहरीले नै सेटिङमा सुन दोकानसम्म लानेगरेको घट्ना नौलो हुन छाडेका थिए । ‘विगतमा जे–जस्तो प्रहरीको कमी कमजोरी रह्यो, अब दोहोरिँदैन’ एसएसपी पोखरेल भन्छन्, ‘हामीले प्रहरीका कमजोरी पहिल्याएका छौँ, सुधारको अभियान चलाइसकेको हुनाले त्यस्तो कमजोरी दोहोरिँदैन, दोहोरियो भने कारवाही हुन्छ ।

नयाँ–पुराना गुण्डाको सूचना अपडेट 
काठमाडौंमा आउने नयाँ एसएसपीको अर्को चुनौती हो, राजधानीमा हुने गुण्डागर्दी । टोल–टोलमा नयाँ गुण्डा जन्मिइरहने र पुराना गुण्डाहरूले पनि फिल्डमा नदेखिई आफ्ना धन्दा चलाइरहेको उदाहरण प्रशस्तै भेटिन्छन् । त्यस्तोमा एसएसपी पोखरेलले रातोपाटीसँग कुरा गर्दै नयाँ–पुराना गुण्डाहरूको सूचना सङ्कलन गरिरहेको बताएका छन् । ‘हामीले गुण्डागर्दीलाई पनि सुचना संकलनमा ल्याएका छौं, नयाँ गुण्डाहरूको अपडेट पनी गर्दै छौं’ उनले भने, ‘नयाँ कति छन्, पुराना कत्तिले छाडे भन्नेबारे हेरिरहेका छौं, पुराना कत्तिले छाडेर पनि उठाएर खाइरहेका छन् ।

गुण्डागर्दी देखिएर चाहिँ नगर्ने तर अदृश्यमा बसेर लाभ लिइरहने परिपाटीको अन्त्यतका लागि जनताको सहयोग चाहिने बताउँछन् पोखरेल । उनी भन्छन्, ‘किनभने जनताले जहाँ अन्याय भो, जहाँ अत्यचार भयो, जहाँ भय त्रास भयो त्यस्तोमा हामीलाई यस्तो भयो भनेर सूचना त गर्नुपर्यो नि ।

पुराना गुण्डाहरूले असुली धन्दा चलाएको पीडा काम गरेर खानेहरूले आफूभित्रै लुकाएमा जस्टिस गर्न पक्कै गाह्रो हुन्छ । त्यसैले पछिल्ला सार्वजनिक सुनुवाइहरूमा पोखरेले भन्ने गर्छन्, ‘जनता र प्रहरीको सहकार्य जरुरी हुन्छ ।

गुणडगर्दीसँगै काठमाडौंको अर्को सुरक्षा चुनौती हो, साना हतियार । ‘मैले साना हतियारको अनुसन्धानका लागि एउटा टिम परिचालन गरेको छु’ एसएसपी पोखरेल भन्छन्, ‘सानो हतियारसम्बन्धी काम गर्ने मेरो टिमको रिपोर्टअनुसार अहिले काठमाडौँमा साना हतियार बढेको अवस्था छैन ।

काठमाडौं देशको मात्रै हैन, अपराधको पनि राजधानी हो । सबैभन्दा धेरै अपराध हुने काठमाडौंको अपराधको ग्राफ घटाउनका लागि पोखरेलले केही योजना बनाएका छन् । ‘मेरा केही योजना छन्’ आफ्नो योजना सुनाउँदै उनले भने, ‘मैले पहिलो कुरा त, प्रहरीको परिचालनलाई व्यवस्थित गर्न जरुरी देखेको छु, प्रहरीको परिचालनलाई रिजल्टमुखी भयो भने अपराध धेरै हदसम्म कन्ट्रोलमा जान्छ ।

प्रहरीले साझा बन्न नसकेको आरोप खेप्दै आएको छ । ‘त्यो आरोपलाई हामीले चिर्न सक्नुपर्छ’, उनी भन्छन्, ‘साझा प्रहरी भयो भने अपराध घटाउन ठूलो मद्दत पुग्छ, अर्को कुरा प्रहरीले आफ्नो व्यावसायिक आचरण व्यवहारमा इमानदारिता कामय गर्नुपर्छ, त्यसो भयो भने अपराध नियन्त्रण गर्न खास गाह्रो छैन ।

पीडितको इच्छालाई प्राथमिकता
काठमाडौंमा बढिरहेको ठगीका घट्ना लिएर पीडितहरू पटक–पटक प्रहरी कार्यालयमा पुग्दा पनि सम्बोधन नभएको गुनासो नयाँ हैन, पुरानो भइसक्यो । पोखरेलले आफू प्रमुख भएर आउनासाथ काठमाडौंका वृत्त इन्चार्जहरूलाई जनतालाई कानुनी हिसाबले अन्याय परेको कुरा र आफ्नो कार्यक्षेत्रमा पर्ने  घट्नामा कुनै मोलाहिजा नगर्न निर्देशन दिइसकेका छन् ।

‘कसको, के भन्नुपर्दैन ठ्याक्क मुद्दा दर्ता गरेर लैजाने, पहिलो चरणमा पीडितको इच्छाअनुसार गर्दिने भनेको छु’ पोखरेल भन्छन्, ‘आर्थिक कुरामा पीडितको इच्छालाई प्राथमिकता दिनुपर्छ । पीडितले एकपटक छलफल गराइदिनुस्, छलफलबाट समस्या समाधान हुन्छ कि भनेमा, आर्थिक कुरामा पीडितको मागलाई प्रथमिकतामा राखेर काम गर्छौं ।

ठगी तथा चेक बाउन्सका घटनामा पीडितको इच्छाअनुसार न्याय नपाएमा विकल्पका रूपमा काुननी उपचार खोज्ने उनले बताए ।

काठमाडौं प्रहरीले खेप्दै आएको अर्को गुनासो के हो भने हुनेखानेको काम फटाफट गर्ने अनि हुँदाखानेहरूको काममा प्रहरीले आलटाल गर्छ । तर, पोखरेलले हुनेखाने र नहुनेको बीचमा भेद राखेर काम नगर्ने बताए । उनले भने, ‘हुनेखाने र नहुनेको त्यति ठूलो भेद राखेर काम गर्दिनँ, तल्लो लेभलमा बसेकाहरू गरिब दुःखीहरू आउँदा पहिलो रेस्पोन्स गरेर समस्याको सम्बोधन गर्नुपर्छ भन्नेमा लागिराखेको छु ।

रात्रि व्यवसायमा काखा–पाखा हुँदैन 
काठमाडौंका प्रहरी प्रमुख र वृत इन्चार्ज फेरिनासाथ रात्रि व्यवसाय गर्ने आफ्नाहरूलाई धेरै समय खोल्न दिएको र पराइलाई चाँडै बन्द गर्न प्रेसर गरेकै कारण विवादमा पर्ने गरेका छन् । पोखरेलले भने आफ्नो कार्यकालमा त्यस्तो काखा–पाखा नहुने बताएका छन् ।  ‘रात्रि व्यवसायमा हामीले स्पष्ट निर्देशन गरिसकेका छौं’ उनले भने, ‘मदिरा बिक्रीवितरण गर्नेहरूलाई हामीले १० बजेसम्मको समय दिएका छौं, डानहरूलाई १२ बजे र क्लबहरूलाई दुई बजेसम्म खोल्न दिएका छौं । त्योभन्दा पछाडी खोल्नसक्ने अवस्था छैन ।

त्यस्तै लोकल मदिरा बिक्रीवितरण गर्नेहरूलाई कारवाहीको दायरामा ल्याइने पोखरेलले बताएका छन् ।

राजधानीमा देखिएको अर्को समस्या हो, कालोबजारी । कालोबजारी प्रहरीको अधिकार क्षेत्रभित्र मात्रै नपर्ने भएको हुनाले सम्बन्धित निकायसँग समन्वय गरेर कालोबजारी नियन्त्रणमा पनि आफू लागिपर्ने उनले बताए । एसएसपी पोखरेलले भने, ‘ठ्याक्कै क्राइमको अवस्थाई एउटा स्टेजमा कन्ट्रोल गरेपछि त्यसपछी दायाँ–बायाँका अपराधमा केन्द्रित हुन्छौं । अहिले चाहिँ हामीले मुख्य अपराध न्यून भएको कुरा जनतालाई प्रत्याभूत गराउन चाहेका छौँ । त्यसपछि कालोबजारीलगायतका कुरामा पनी सूचना सङ्कलन गरेर काम थाल्छौं ।


Instagram unveils Reels, a TikTok clone

  Yes, Instagram unveiled a new feature called Reels in August 2020, which allows users to create short, 15-second videos set to music, simi...

Post Top Ad

Your Ad Spot