www.youtube.com/obsstudionepal

test

Sunday, March 18, 2018

इतिहास रच्ने सुदूरपश्चिमकै पहिलो महिला मन्त्री - विना मगर |

झण्डै एक शताब्दी अर्थात् १०४ वर्षे जहाँनिया राणाशासन अन्त्यपछि वि.सं. २००७ सालमा मुलुकमा प्रजातन्त्र आयो । प्रजातन्त्रकै उपज वि.सं. २०१५ सालमा प्रथम बहुदलिय आम निर्वाचित भयो । कांग्रेसले दुई तिहाई बहुमत ल्याएर नेपालमा पहिलो जननिर्वाचित विपी कोइराला नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट द्वारिकादेवी ठकुरानी पहिलो महिला सहायक मन्त्री भइन् । सुदुरपश्चिमबाट पहिलो सहायक मन्त्री बनेकी ठकुरानी स्वाथ्य सहायक मन्त्री मात्रै बनिन् ।



प्रजातन्त्र आएको झण्डै साढे ६ दशकपछि सुदूरपश्चिमले एक महिलामन्त्री पाएको छ । वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको संघीय सरकारमा ७ नम्बर प्रदेश (सुदूरपश्चिम)बाट खानेपानी तथा सरसफाई मन्त्री बनेकी विना मगर पहिलो महिला मन्त्री बनेकी हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट दोब्बर भारीमतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित मगरले शुक्रबार शपथसँगै मन्त्रीको पदभारसमेत ग्रहण गरेकी छन् ।

तत्तकालिन राजा महेन्द्र शाहले वि.सं. २०१९ सालमा निर्दलीय पञ्चायती संविधान जारी गर्दै राजनीतिक दल उपर प्रतिवन्ध लगाएका थिए । ०१९ सालदेखि २०४६ सालसम्मको पञ्चायतकालिन समयमा सुदूरबाट कुनैपनि महिला मन्त्री बनेनन् । प्रजातन्त्रको पुर्नबहालिका लागि २०४६ सालमा गरिएको जनआन्दोलनपछि बनेका सरकारमासमेत सुदूरबाट कुनैपनि महिला मन्त्री बनेन् ।

व्यवस्था परिर्वतनका लागि वि.सं. २०५२ सालदेखि तत्तकालिन नेकपा माओवादीले गरेको जनयुद्ध र राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेको शाही कदम पछि २०६२/०६२ दोस्रो जनआन्दोलन भयो । दोस्रो जनआन्दोलनपछिका सरकारमा सुदूरबाट महिला केन्द्रीय सरकारको मन्त्रीकारुपमा प्रतिनिधित्व गर्न पाए पनि तर फुल मन्त्री बनेका थिएनन् । राज्य तथा सहायक मन्त्रीमै सिमित रहे । दोस्रो जनआन्दोलन अघि र पहिलो संविधान सभा २०७० पछि कैलालीबाट दुई महिला राज्यमन्त्री बने । एमालेबाट शुशिला स्वाँर र माओवादीबाट लिला भण्डारी राज्य मन्त्री बनेका थिए ।

वि.सं. २०५६ सालमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ निर्वाचितस्वाँर स्वास्थ्य राज्यमन्त्री बनिन् भने ०७० मा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भण्डारी शिक्षा राज्यमन्त्री बनिन् । सुदूरबाट फुलमन्त्री बन्ने विना मगर पहिलो महिला मन्त्री हुन् । नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री मगरले खानेपानीका लागि सर्वसाधारणले गर्नुपरेको संघर्ष न्यूनीकरण गर्नु आफ्नो प्राथमिकता राख्ने बताएकी छिन् ।

कम्युनिष्टले महाकाली अञ्चलमा महिलालाई मात्रै होइन की पुरुषलाई पनि फुलमन्त्री बनाएका छैनन् । वि.सं. २०४८ सालदेखि २०७४ सालसम्म भएका निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरु मन्त्री बनेका छैनन् । विना खानेपानीमन्त्री बनेसँगै समग्र सुदूरका महिला हर्षित भएका छन् । भने उनको निर्वाचन क्षेत्रमा खुसियाली मनाइएको छ ।

माओवादी केन्द्र पुर्नवासका नेता कञ्चन गिरीले विना मन्त्री भएको खुसियालीमा निर्वाचन क्षेत्र नम्बर १ मा दिपप्रज्वलन गरेको बताए । उनका अनुसार वाम गठबन्धनलगायत अन्य पार्टी र महिलाले खुसी व्यक्त गरेका छन् । ‘मगर मन्त्री भएपछि यस क्षेत्रका महिला आशावादी देखिएका छन्, माओवादी नेता गिरीले भने,‘यस क्षेत्रको विकासका लागि विनाजीले अब डटेर विकासमा जुट्नुपर्छ ।’ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बेल्डाँडीका महिला धना विष्टले उनी मन्त्री भएकोमा खुसी व्यक्ति गर्दै यस क्षेत्रमा समस्या समाधान हुने आशा व्यक्त गरिन् ।

यस्तै बेलौरीका स्थानीय महिला पार्वती भट्टले उनी मन्त्री बनेसँगै दक्षिणी क्षेत्रको सडक, खानेपानी, महिलाका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । विनाकै गृह नगरी पुर्नवासमा स्थानीय महिला रमिता चौधरीले समग्र ग्रामीण क्षेत्रका समस्याका साथै सीमा क्षेत्रको समस्यामा जोड दिइन् ।

यस्तै उनकै निर्वाचन क्षेत्र लालझाँडी गाउँपालिका–३ शंकरकीपुर रमिना रानाले गाउँका समस्या मुख्य दोदा नदीको कटानी रहेकोले त्यसको समाधानका साथै ग्रामीण महिलाका समस्या समाधानको अपेक्षा राखिन् । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ बाटै पराजित भएकी विनाले दक्षिणी क्षेत्रको विकासका लागि खेलेको भूमिकाको मुल्यांकन गर्दै यस क्षेत्रका स्थानीय बुद्धिजिवीलेसमेत विना मन्त्री भएकोमा विकासकाे आशा व्यक्त गरेका छन् । उनी मन्त्री भएसँगै उनको निर्वाचन क्षेत्रका नागरिकले विकास र समृद्धि हुनेमा आशावादी बनेका छन् ।

Instagram unveils Reels, a TikTok clone

  Yes, Instagram unveiled a new feature called Reels in August 2020, which allows users to create short, 15-second videos set to music, simi...

Post Top Ad

Your Ad Spot