www.youtube.com/obsstudionepal

test

Monday, March 19, 2018

कञ्चनपुरमा फेरी बढ्यो भारतीय दादागिरी, भारतीय सुरक्षाकर्मीद्वारा नेपाली भूमिमै एक गर्भवती महिलासहित दुई जनामाथि कुटपिट, आक्रोशित बन्यो कंचनपुर, अब यस्तो सम्म हुँदै (पुरा खबर पढ्नुहोस अनि सेयर गर्नुहोस )

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–३ सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले आइतवार एक गर्भवती महिलासहित दुई जनामाथि कुटपिट गरेका छन्।
महाकाली नगरपालिका–३ पूर्णागिरी टोल नजिक नेपाली भूमिमा महिला र एक युवकलाई कुटपिट गरिएको हो। दुबैलाई बडवाल टोल नजिक नेपाली भूमिमा कुटिएका हुन्।
पूर्णागिरी टोलका ३१ वर्षीय दिनेश जोशी र उनकी पत्नी ३० वर्षीया सपना जोशीलाई हतियार र लाठीसहित आएको भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले कुटपिट गरेका हुन्।
दुवै जना खेतमा भैंसी चराइरहेका बेला कुटपिट गरेको बताइएको छ। एसएसबीले प्रहार गरेको लाठीबाट दिनेश जोशीको दाँया हात र टाउकोमा चोट लागेको छ। दिनेशले भने, ‘भैंसी चराउन लागेको थिए, एकाएक आएर कुटपिट गरे।’
श्रीमानलाई बचाउन जाँदा गर्भवती सपना जोशीलाई पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले लछारपछार गरेको सपना जोशीले बताइन्। शुक्रबार सीमावर्ती भारतीय बजार नगरबाट साइकलमा सिमेन्ट ल्याउँदै गर्दा दिनेश जोशी र भारतीय सीमा सुरक्षा जवानबीच विवाद भएको थियो।
कुटपिट गर्ने भारतीय एसएसबी सिमलघाट क्याम्पका जवान रहेकाे जोशीले बताए। कुटपिटको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्टको प्रहरी निरीक्षकसहितको एक टोली सोमबार बिहान घटनास्थलमा पुगेको छ। घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

Instagram unveils Reels, a TikTok clone

  Yes, Instagram unveiled a new feature called Reels in August 2020, which allows users to create short, 15-second videos set to music, simi...

Post Top Ad

Your Ad Spot