www.youtube.com/obsstudionepal

top-bannner2-1

Friday, March 23, 2018

गगन थापाले राधिका तामाङलाइ गाइको मासु खाना पाउने विषयमा यसरि दिए मुखभरिको जवाफ

पुर्ब स्वस्थ मन्त्री तथा युवा नेता गगन थापाले सभामुख राधिका तामाङले गाईको मासु खान पाउने कुरालाई वकालात गरेपछी यसमा असन्तुष्टि जनाउदैनं आफ्नो फेसबुक मार्फत कडा अभिव्यक्ति दिएका छन । हेर्नुस जस्ताको तस्तै,,,,
Gagan-Thapa
गगन थापा
गाई काट्ने प्रस्ताब् पारित भएको दिन नेपालमा साम्प्रदायिक युद्दको शुरूवात हुने निस्चित !
तल्लो स्तरको सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुनेर पठाउनु नै हाम्रो गल्ती हो !
जबसम्म जात, जाती, सम्प्रदाय भन्दा माथी उठेर नेतृत्वले सोच्न सक्दैन तबसम्म राष्ट्र समृद्दी तर्फ उन्मुख हुदैन !
नम्वर ३ को उपसभामुख राधिका तामाग़ँ को पछिल्लो अभिव्यक्ती बाटै पुष्टि हुन्छ यिनिहरुको सोच कुन हदसम्म तल छ भन्ने ! गाईलाई यो देशको सम्विधानले राष्ट्रिय जनावर भनेर घोषित गरेको छ ।
गाईको महात्म्यको विषयमा आज विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा समेत गाईलाई राष्ट्रिय जनावर राखेको देशमा जन्मिएकोमा गर्व गर्नुपर्नेमा गाई काटेर खानपाउनु पर्दछ भनेर वकालत गर्नु नै यिनिहरूको अल्पबुद्दीको परिचय हो ! विश्वको कुन चाही देशमा राष्ट्रिय जनावरलाई खुल्ले आम काट्ने अनुमती दिएको छ? खाने पिउने बाहेकको फरक सोच नभएका अल्पबुद्दीहरु सम्सदमा पुगेर पनि खाने पिउने भन्दा फरक कुरा सोच्न सकिरहेका छैनन् ! गाईको विषयमा यस्तो प्रस्ताब ल्याउनेलाई पकडेर कारबाही गर्न सक्ने हिम्मत ओली सरकारले राख्न सक्नु पर्दछ ।
हैन सक्दैन भने हात उठाओस् कहा कसलाई के गर्नुपर्दछ त्यो गर्न सक्ने क्षमता हामी सग नि छ ! यी हात ताली बजाउन र भात खान मात्र दिएका हैनन् हामीलाई ! आफ्नो माटो, आफ्नो स्वाभिमान, आफ्नो राष्ट्र र आफ्नो राष्ट्रियताको रक्षा गर्न हामीले मज्जैले जानेको छ ! यति मात्र नभएर यिनलाई जनताले चुनेर पठाएको राष्ट्र विकासको रेखा खिच्नलाई हो कि वाईहात कुरा गरेर साम्प्रदायिकताल
ाई भड्काउन लाई हो? गाईलाई काट्नु पर्दछ भन्ने १०% होलान् तर गाईको रक्षा गर्नु पर्दछ भन्ने ९०% छन् ।
सेन्टिमेन्टमा बगेर सरकारले भोट बैङ्कको लागि यदि कुखुरा काटे झै गरेर गाईलाई चोक चोकमा काट्ने अनुमती दिईनै हाल्यो भनेपनि त्यसले समाजमा कति भयावह परिस्थिती निम्त्याउन सक्छ यसको विषयमा कसैले सोचेको छ कि छैन? १० भोटको लागि ९० भोट को अपमान गर अनि हेर कसलाई कहा पुर्याउनु पर्दछ त्यसको निष्कर्ष जनता आफैले निकाल्नेछन ।

Instagram unveils Reels, a TikTok clone

  Yes, Instagram unveiled a new feature called Reels in August 2020, which allows users to create short, 15-second videos set to music, simi...

Instagram-Reels-Clone-of-TikTok-is-now-launched-by-Facebook

Post Top Ad